बुडोल सामुदायिक साकोसद्धारा एस.ई. ई उत्तीर्ण विद्यार्थीलाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुडोल सामुदायिक साकोसद्धारा एस.ई. ई उत्तीर्ण विद्यार्थीलाई सम्मान



काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले एस. ई.ई.सममान कार्यक्रम् २०८० आयोजना गरेको छ । संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा भएको कार्यक्रममा २०७९ सालको एस.ई. ई परीक्षामा सामेल भई उत्कृष्ट अंक हासिल गर्ने कोपिला बालबचतकर्ताहरुलाइ सम्मान गरिएको थियो ।

संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको सभापतित्व र शिक्षाविद् तथा साहित्यकार हरि मञ्जुश्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही समिति सदस्य गंगादेवी लुईटेले गरेकी थिइन । कार्यक्रममा उक्त समिति सदस्य भवानी के.सी.ले स्वागत मन्तव्य दिदै सम्पूर्ण उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई सहितको शुभकामना दिइन । साथै कार्यक्रममा संस्थाका सल्लाहकार प्रा .भोलाबहादुर के।सी।ले सम्मानित हुने सबैलाई बधाई सहितको शुभकामना मन्तव्य राखेको थिए।

संस्थाले यस वर्ष एस. ई.ई.परीक्षामा उत्तीर्ण भएका ९६ जना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप ब्याग, प्रशंसा पत्र र खादाले सम्मान गरेको थियो । प्रमुख अतिथि हरि मञ्जुश्रीले विद्यार्थीहरुलाई विदेशमा भन्दा स्वदेशमै स्वाभिमान र सम्मानका साथ आफुलाई समर्पित गरी देश विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार १३:५४