भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण



काठमाडौं । भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै फिर्ता गरिएको छ।

काठमाडौंबाट बिहीबार भैरहवा उडेको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। ९ एन-एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको बुद्ध एयरले जनाएको छ।

प्रकाशित : २५ श्रावण २०८०, बिहीबार १७:१०