अब यी बैंक तथा वित्तीय संस्थाबाट मात्र आईपीओ भर्न पाईने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब यी बैंक तथा वित्तीय संस्थाबाट मात्र आईपीओ भर्न पाईने



काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ४३ कम्पनीको आश्वा सदस्यता नवीकरण गरेको छ । बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आ.व.२०८०/८१ को लागि आश्वा सदस्यता नवीकरण गरेको हो।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम अनुमति तथा नवीकरणको लागि योग्यता कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई आ.व.२०८०/८१ को लागि धितोपत्रको निष्काशन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न अनुमति प्रदान तथा नवीकरण गरिएको बोर्डले जनाएको छ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार २०:४३