नेपाल टेलिकमको रिचार्ज कार्ड खरीद बिक्री गर्दै हुनुहुन्छ ? होसियार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल टेलिकमको रिचार्ज कार्ड खरीद बिक्री गर्दै हुनुहुन्छ ? होसियार



काठमाडाैं । नेपाल टेलिकमले आफ्नो १० लाख बराबरको रिचार्ज कार्ड हराएकोले ति कार्ड खरीद बिक्री नगर्न आग्रह गरेको छ । टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले कम्पनीको रु. ५० दरको सि.नं. 1122120013780001 देखि सि.नं. 1122120013800000 सम्मका १९ हजार ९९९ थान रिचार्ज कार्ड हराएको जनाएको हो ।

यी रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्न सम्पूर्ण ग्राहक तथा वितरकहरूमा कम्पनीले अनुरोध गरेको छ। यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन समेत कम्पनीले आग्रह गरेको छ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार ११:१०