१० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका सहकारीलाई विभागले जारी गर्यो यस्तो निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

मुख्य समाचार

१० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका सहकारीलाई विभागले जारी गर्यो यस्तो निर्देशन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । संघीय सहकारी विभागले गोएमएल सिस्टम आवद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी गरेको छ । १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले गोएमएल सिस्टममा आवद्ध हुनुपर्ने प्रावधान रहेको छ । सोही अनुरुप नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाईबाट सहकारी संस्थाहरुलाई आवद्ध गराउन पटकपटक विभागमा अनुरोध भई आएकाले सोही बमोजिम सबै संस्थाहरुलाई उक्त सिस्टममा आवद्ध हुन विभागले आव्हान गरेको छ ।

विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीहरुलाई केन्द्रिय बैंकको वित्तीय जानकारी ईकाईमा रहेको गोएमएलको टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिष्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिवेदन जस्ता विवरणहरु प्रणालीमा प्रेषित गर्न आव्हान गरेको छ ।

सम्पत्ति शुद्दीकरण निवारण ऐन २०६४ र सो अन्तर्गत बनेको नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सम्पत्ति शुद्दीकरण निवारण सम्बन्धमा यस अघि नै तेश्रो संशोधन २०७४ समेत जारी गरिसकेको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार २१:२६ 7 August, 2023 9:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।