ग्रन्थ ईभीको इटहरीमा नयाँ शोरुम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

ग्रन्थ ईभीको इटहरीमा नयाँ शोरुम

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। एफडी मोटर्स ग्रन्थ ईभीले नेपालको पूर्वी सहर इटहरीमा शोरुम खोलेको छ। नेपाली बजारमै अब्बल साबित भइसकेको इलेक्ट्रिक स्कुटर अब इटहरीमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। विशेषगरी यसमा जडान गरिएको प्रविधिले यो स्कुटर नेपालको बाटोमैत्री रहेको कम्पनीको दाबी छ।

यो स्कुटरका ५ मुख्य विषेशता छन्। स्कुटरमा मुख्यगरी एलएफपी ब्याट्री, साइट ड्राइभ मोटर, सीएएन कन्ट्रोलर, २००एमएम ग्राउन्ड क्लियरेन्स, ब्रेक रिजेनिरेटिभ फिचर्स आदि एकै स्कुटरमा उपलब्ध छ।

दुई मोडेलमा उपलब्ध भएको यो स्कुटरको मूल्य क्रमशः एफ ५को २ लाख ६१ हजार ९९९ रुपैयाँ र एफ५–एको २ लाख ९७ हजार ९९९ रुपैयाँ रहेको छ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १५:०२ 7 August, 2023 3:02 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।