हिमालयन, कुमारी र प्राइम बैंकलाई करोडौं जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन, कुमारी र प्राइम बैंकलाई करोडौं जरिवाना



काठमाडाैं । नेपाल राष्ट्र बैंक हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ । निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा गत आर्थिक वर्ष चौथो त्रैमासमा यी तीन बैंक कारबाहीमा परेका छन् । कुमारी र हिमालयन बैंक कर्जा/स्रोत परिचालन अनुपालन गर्दा कारबाहीमा परेका छन्।

कुमारीले कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको छ। कुमारीले २०७९ माघमा ९० प्रतिशतभन्दा बढी सिडी रेसियो कटाएर व्यवसाय गर्दा ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिरेको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक विवरण अनुसार हिमालयन बैंकले गत आवको कात्तिकमा सिडी रेसियो ९० प्रतिशतमाथि राखेर व्यवसाय गर्दा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना तिरेको हो।

प्राइम कमर्सियल राष्ट्र बैंकको अन्य कारबाहीमा परेको छ। बैंकले एकृकीत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था गरेको हो। बैंकले गत आवको चौथो त्रैमासमा ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको थियो। साथै, बैंकले प्रिमियम दर बढाएर ब्याज असुल गरेको थियो।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १४:४८