यसरी लिन सकिन्छ अनलाइनबाट पुलिस रिपोर्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यसरी लिन सकिन्छ अनलाइनबाट पुलिस रिपोर्ट



काठमाडाैं । पुलिस रिपोर्ट अर्थात् प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने भएको छ ।

अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रका लागि फारम भर्नेदेखि पैसा भुक्तानीसम्मका काम हुने परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले जनाएको छ ।

पुलिस रिपोर्टका लागि चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सबैभन्दा पहिले नेपाल कन्सुलर डट जिओभी डट एनपी खोल्ने । त्यहाँ दाहिने पट्टी रहेको अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्ने ।

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन फारम भर्ने तरिका पढ्ने । पढिसकेपछि मैले पढेँ भन्नेमा टिक लगाउने र नेक्स्ट थिच्ने । प्रहरी चारित्रिक प्रमाणपत्रमा लेखिएको नम्बर र जन्म मिति दिएर प्रहरीबाट जारी भएको प्रमाणपत्र हेर्ने ।

विवरण ठीक भएमा बैंक वा अनलाइनबाटै राजस्व तिर्न सकिन्छ । त्यहीँ राजस्व तिरेको जनाउ दिएपछि कन्सुलर सेवा विभागले प्रमाणित गर्छ र अर्कोे दिन अनलाइनमार्फत् डाउनलोड गरेर प्रिन्ट गर्न सकिन्छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार ०८:१८