नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा ४ अर्ब २९ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा ४ अर्ब २९ करोड



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गतवर्ष ४ अर्ब २९ करोड खुद नाफा कमाएको छ ।

बैंकले आज चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १३.१४ प्रतिशतले नाफा बढाएको उल्लेख गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख रुपियाँ छ । खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३५ प्रतिशत पुगेको छ ।

सञ्चालन नाफा ७ अर्ब ४६ करोड रुपियाँ छ । खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड रुपियाँ भएको छ । त्यस्तै रिजर्भको आकार बढेर २३ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) १६.०७ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

तत्कालीन मेगा र इन्भेष्टमेण्ट बैंक मर्ज भई इन्भेष्टमेण्ट मेगाको नाममा यसैआवको कारोबार शुरु भएको थियो ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार ०८:०९