एभरेष्ट बैंकको लोभलाग्दो प्रगतिः ३ अर्ब ३९ करोड नाफा , लाभांश क्षमता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकको लोभलाग्दो प्रगतिः ३ अर्ब ३९ करोड नाफा , लाभांश क्षमता कति ?



काठमाडौं । एभरेष्ट बैंकले गएको आर्थिवर्ष ३ अर्ब ३९ करोड खुद नाफा कमाएको छ ।

बैंकले आज चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो आवभन्दा ३६.८५ प्रतिशत नाफा कमाएको उल्लेद गरेको हो । अघिल्लो वर्ष २ अर्ब ४७ करोड नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड रुपियाँ छ । चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ४२ प्रतिशत बढी छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.७९ प्रतिशत छ । त्यस्तै सञ्चालन नाफा ४ अर्ब ८४ करोड रुपैयाँ छ ।

खुद ब्याज आम्दानी ७ अर्ब ४४ करोड रुपैयाँ भएको छ भने रिजर्भको आकार बढेर १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३१.७२ रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार ०८:०७