किन घट्यो कुमारी बैंकको नाफा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किन घट्यो कुमारी बैंकको नाफा ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ६ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको संचालन नाफा १५.२४ प्रतिशतले घटेर ३ अर्ब ३ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत, वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक, चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७ पैसाले घटेर ७ रुपैयाँ ४६ पैसा र नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार ०८:०३