एनएमबि बैंकको कति छ लाभांश दिने क्षमता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको कति छ लाभांश दिने क्षमता ?



काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ३ अर्ब ४२ करोड ४ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २९ करोड १० लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड २४ लाख ४० हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ८.११ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड ४१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५० करोड १८ लाख ९० हजार रुपैयाँ पुगेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ८.१७ प्रतिशत रहेको छ । १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब १० अर्ब ३० करोड ४६ लाख ८७ हजार निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८९ अर्ब ३२ करोड ३० लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.२७ प्रतिशतबाट बढेर २.७२ प्रतिशत रहेको छ । सेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा रहेको बैंकको प्रतिसेयर सेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार ०७:५२