नेपाल बैंकले कमायो ३ अर्ब ४१ करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकले कमायो ३ अर्ब ४१ करोड नाफा



काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ४१ करोड १५ लाख खुद नाफा कमाएको छ ।

बैंकले आज अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आर्थिक वर्षको समीक्षा अवद्दिको तुलनामा १६.७० प्रतिशतले नाफा बढाएको उल्लेख गरेको हो । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ९२ करोड ३२ लाख खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत र सञ्चालन नाफा २१.१९ प्रतिशत बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रहेको छ । बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात १०.७२ गुणा र प्रतिशेयर नेटवर्थ २४८ ९४ पैसा रहेको छ ।

बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख र जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख सञ्चित रहेका वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार ०७:५७