‘शिक्षातर्फ पाइला’अभियान अन्तर्गत हिमालय एअरलाइन्स द्वारा लव प्रसाद बाल गृहलाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘शिक्षातर्फ पाइला’अभियान अन्तर्गत हिमालय एअरलाइन्स द्वारा लव प्रसाद बाल गृहलाई आर्थिक सहयोग



काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत ‘शिक्षातर्फ पाइला’अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ। अनाथ तथा विपत्र बालबालिकाको लागिलव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैर-राजनीतिक सामाजिक संस्थालव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मत सम्भारका लागि उक्त सहयोग गरेको हो।

अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई ३,९६,००० बराबरको चेक हस्तान्तरण गरे। यस बाहेक बाल गृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुलाहूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग गरेका छन्। सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालन पोषणको व्यवस्था गर्दै आएको छ।

उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकुल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मत सम्भार गर्न प्रयोग गरिने भएको छ। ‘नेपालमै आधार र नेपालमै सेवा’ हिमालय एअरलाइन्स्ले लामो समयदेखि गरेको प्रतिबद्ता हो। एअरलाइन्स्ले स्थापना कालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ। यस पटक लव प्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँको बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौं र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनोस् भत्रे आशा राख्दछौँ ।,” एअरलाइन्स्का अध्यक्ष इन्योङ्गले भने।

बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेको एअरलाइन्स्को यस कदमको स्वागत गरे। “हाम्रो संस्थालाई गर्नुभएको हेरविचार र योगदानको लागि हामी हिमालय एअरलाइन्स् प्रति अत्यन्तै आभारी छौँ। उहाँहरूको उदार सहयोगलाई हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउँनेछ।,” उनले भने।

हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेको छ र विगत सात वर्षदेखि एअरलाइन्स्ले अनाथ तथा विपत्र बालबालिकाको लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभित्र शैक्षिक तथा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।

हिमालय एअरलाइन्स्प्रा.लि.को बारेलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइनबन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहितयात्रुहरू र कार्गो सेवाकालागिउच्च स्तरिय सेवाप्रदान गरे बापतउक्त प्रमाणीकरण प्राप्तभएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्चकार्यसम्पादनतथाअभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स ९ब्भ्म्क० जडान गरेको थियो । योसँगै एअरलाइन्स् ९ब्भ्म्क० जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपालीवायुसेवाकम्पनी बनेको छ । हवाइ सुरक्षामाउत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स ९इत्ए० र मुख्यतःआफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमाप्रतिस्थापितहुनचाहेको छ ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार १३:२४