अब माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदर ‘इकोविट विद्युतीय स्कुटर’ किन्न ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अब माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदर ‘इकोविट विद्युतीय स्कुटर’ किन्न ऋण दिने



काठमाडौं । इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु खरिद गर्दा माछापुच्छ्रे बैंकद्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध हुने भएको छ । गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर गर्दै इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुछे« बैंक लिमिटेडद्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता गरेको हो ।

सो सम्बन्धि सम्झौतामा आज माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङ्गका डेपुटी चीफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

कर्जा सुविधा अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउनेछन् । कर्जा सुविधा अनुसार ६ महिना देखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ। जस अन्तर्गत ग्राहकले सो बापत व्याज तिर्नु पर्दैन । शुन्य प्रतिशतको व्याजदरमा उक्त कर्जा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

हाल इकोविट विद्युतीय स्कुटर खरिदमा मनसुन अफर समेत सञ्चालनमा रहेको छ । साथै एक्स्चेन्जको सुविधा समेत उपलब्ध रहेको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार १३:५६