एफ डि मोर्टर्सको इलेक्ट्रिक स्कुटर किन्न कुमारी बैंकले बिना ब्याज कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

एफ डि मोर्टर्सको इलेक्ट्रिक स्कुटर किन्न कुमारी बैंकले बिना ब्याज कर्जा दिने



काठमाडाैं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ । एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा तिन लाखसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकका ग्राहकले बैंकको कुनै पनी शाखा वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदि कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।

एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २,६१,९९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९९९ रहेको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ०८:०४