नाडा अटो शो २०२३ मा सर्वाधिक अटोमोवाइल कम्पनीहरु सहभागी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नाडा अटो शो २०२३ मा सर्वाधिक अटोमोवाइल कम्पनीहरु सहभागी हुने



काठमाडौं । नाडाले स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म/कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ । स्टल बुकिङका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो ।

यस नाडा अटो एक्स्पो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएका छन् । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ । नाडा अटो एक्स्पोे २०२०, २०२१ र २०२२ कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको हो भन्ने हाम्रो बुझाई छ ।

दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् । खाशगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् । जसमध्ये चार पांग्रे सवारी साधन १७, दुई पाँगे्र २३ , कमसियल सवारी साधन ६, बैक तथा वितिय निकायहरु ५, स्पेयर पार्टस, टायर लुव्रिकण्टस, कम्पोनेण्ट र एसेसरिज ३१ रहने छन् । स्मरणीय छ, विभिन्न अवरोधहरुका वावजुद पनि नाडाले गत बर्ष भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार १८:३८