कोलिय देवदह बचत तथा ऋण सहकारीको कुल सम्पत्ति कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कोलिय देवदह बचत तथा ऋण सहकारीको कुल सम्पत्ति कति छ ?



काठमाडौं । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० असार मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा १९.१२ प्रतिशत तरलता रहेको छ ।

असार मसान्तसम्म संस्थाको सेयर पुँजी १२ करोड ८४ लाख ४२ हजार रहेको छ भने कुल बचत एक अर्ब ३७ करोड ६७ लाख ८० हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा १० करोड ४४ लाख ६२ हजार रुपैंया रहेको छ ।

संस्थाले एक अर्ब ३५ करोड ४३ लाख ४२ हजार ऋण लगानी गरेको छ । त्यस्तै, यस अवधिमा संस्थामा २६ करोड ३२ लाख ९५ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती एक अर्ब ६९ करोड ३१ लाख २३ हजार भन्दा बढी रहेको छ । संस्थामा १६ हजार ५२९ जना सदस्य रहेका छन् भने ऋणी सदस्य संख्या चार हजार ७२२ रहेका छन् ।

प्रकाशित : ११ श्रावण २०८०, बिहीबार १६:४९