उदय साकोसमा २२.४० प्रतिशत तरलता, ३० करोड ८५ लाख ऋण लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उदय साकोसमा २२.४० प्रतिशत तरलता, ३० करोड ८५ लाख ऋण लगानी



काठमाडौं । उदय बचत तथा ऋण सहकारी संस्थामा तरलता २२.४० प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको असार मसान्तसम्मको विवरणले यस्तो देखाएको हो ।

त्यस्तै, असार मसान्तसम्म संस्थाको सेयर पुँजी तीन करोड २९ हजार रहेको छ भने कुल बचत २७ करोड तीन लाख ३१ हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा दुई करोड ८२ लाख २१ हजार रुपैंया रहेको छ ।

संस्थाको अन्य कोषहरुको रकम पनि तीन करोड ४३ लाख ७५ हजार रकम रहेको छ । कुल संस्थागत पुँजी भने दुई करोड ८७ लाख ६० हजार रहेको छ । संस्थाले ३० करोड ८५ लाख ८५ हजार ऋण लगानी गरेको छ ।

यस अवधिमा संस्थामा छ करोड पाचँ लाख ६९ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती ४० करोड २० लाख २७ हजार भन्दा बढी रहेको छ । संस्थामा दुई हजार ४५३ जना सदस्य आवद्ध छन् भने ३०७ जना कुल ऋणी सदस्य रहेका छन् ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १३:२७