Vespa/Aprili को नयाँ शोरुम अब कान्तिपथमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

Vespa/Aprili को नयाँ शोरुम अब कान्तिपथमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं।Vespa/Aprili को नयाँ शोरुम अब कान्तिपथमा सञ्चालनमा आएको छ। Vespa/Aprili को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले आज साउन ८ गतेदेखि आफ्नो नयाँVespa/Aprili को शोरुम सञ्चालनमा ल्याएको हो।

यो शोरुमको Vespa/Aprili indian का कन्ट्री हेड भानु प्रकाश सुधबाट उद्घाटन गरिएको छ। डेल्टा अटोकर्प प्रालिका म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया र प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोको उपस्थितिमा कान्तिपथ शोरुम सञ्चालनमा ल्याएको छ।

यसैगरी डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकलाई सरल गराउन विभिन्न ठाउँमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन्।

डेल्टा अटोकर्पले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँमा सञ्चालन गरिएको जानकारी महतोले गराए। डेल्टा अटोकर्पको मार्केटिङका अनिष खड्काले आगामी दिनमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्प गराइने जानकारी दिए।

यसका साथै डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा र काठमाण्डौ उपत्यकाबाहिर ५० भन्दा बढी विभिन्न ठाउँमा आफ्नो सेवासुविधा प्रदान गर्ने जनाइएको छ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार १२:०१ 25 July, 2023 12:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।