विन्धबासिनी साकोसको यस्तो छ वित्तिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विन्धबासिनी साकोसको यस्तो छ वित्तिय अवस्था



काठमाडौं । विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले २०८० असार मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा १७.८३ प्रतिशत तरलता कायम रहेको छ ।

त्यस्तै, असार मसान्तमा संस्थाको सेययर पुँजी ४९ करोड , जगेडा कोषमा ३५ करोड १३ लाख ५८ हजार रहेको छ । त्यसैगरी संस्थाको विभिन्न कोषमा पनि १९ करोड २१ लाख ३८ हजार रकम रहेको छ । यता कुल संस्थागत पुँजी भने ३५ करोड ७७ लाख ११ हजार रहको छ ।

संस्थाले ३ अर्ब २१ करोड १९ लाख ९ हजार कुल बचत संकलन गरी ३ अर्ब ७१ करोड ७४ लाख ९८ हजार ऋण लगानी गरेको छ । सहकारी विभागको निर्देशनमा सार्वजनिक गरेको असार मसान्तसम्मको विवरण अनुसार संस्थामा ५७ करोड २७ लाख ९९ हजार रुपैंया तरलता रकम रहेको छ भने कुल सम्पती ४ अर्ब ५७ करोड २८ लाख भन्दा बढी रहेको छ ।

संस्थामा ५० हजार ५८७ जना सदस्य आवद्ध रहेका छन् भने ११ हजार ७४७ जनाले ऋण रकम लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १२:१८