राष्ट्रिय सहकारी बैंकमा तरलता ३६.९९ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकमा तरलता ३६.९९ प्रतिशत



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको असार मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकमा ३६.९९ प्रतिशत तरलता रहेको छ ।

विवरण अनुसार हाल बैंकको सेयर पुँजी दुई अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ५८ अर्ब २४ करोड ५९ लाख, ऋण लगानी ३२ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ५० करोड ४४ लाख र कुल सम्पत्ति ६५ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म सहकारी बैंकमा कुल सेयर सदस्यहरुको संख्या १६ हजार ६० रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ४७४ रहेको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १७:४९