लघुवित्तका समस्यालाई जहाँको त्यहि छोडेको छः प्रकाश शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्तका समस्यालाई जहाँको त्यहि छोडेको छः प्रकाश शर्मा



समग्रमा हेर्दा मौद्रिक नितिमा बैकिङ क्षेत्रका लागि बैकिङ कसुरमा भइरहेका उछ्रिङ्खल गतिविधिलाई बैकिङ कसुरमा समेटेर संशोधन गर्ने भन्ने निति छ ।

लघुवित्त र अहिलेसम्मको वासलातमा छुट्टाछ्ट्टै गर्दै आएकोमा गैर बैंकिङ संस्थाहरु पनि नागरिक लगानी कोष, कर्मचारी संचयकोषमा लिएर समग्रमा हेरिने भनिएको छ। जुन एकदमै सकारात्मक छ ।

अर्को भनेको लघुवित्त समस्या समाधान गर्न बनेको कार्यद्धल छ । त्यसको असारमसान्तसम्म प्रतिवेदन दिनुपर्ने थियो तर म्याद थप गरेको छ । त्यसमा भएको सुझावहरुलाई लागु गरेर लैजाने भनिएको थियाे त्यसकाे प्रतिवेदन आएको छैन् ।

त्यो बाहेक अरु लघुवित्तको न राम्रो न नराम्रो भन्ने स्थिती देखेको छु । अहिले देखिएको लघुवित्तका समस्यालाई सरकारले जहाँको त्यहि नै छोडेकाे छ ।

शर्मा लघुवित्त बैंकर्स संघका निर्वतमान अध्ययक्ष हुन

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १७:४८