सार्वजनिक यातायातका चालक र सहचालकका लागि पोशाक र परिचयपत्र अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सार्वजनिक यातायातका चालक र सहचालकका लागि पोशाक र परिचयपत्र अनिवार्य



काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका चालक र सहचालकले अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीले यातायात पोसाक लगाउनुपर्ने नियम बनाएको हो।

उनीहरूलाई परिचयपत्र पनि वितरण गरिएको छ। यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा यातायातमन्त्री प्रकाश ज्वालाले पोसाक र परिचयपत्र वितरण गरेका हु्न्।

मन्त्रालयले सार्वजनिक यातायात सफाइ अभियान पनि सुरु गरेको छ। सरकारको अभियानमा यातायात महासंघले सार्वजनिक बसको सफा राख्ने प्रतिवद्धता गरेको छ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १२:३७