गाडी भाडा घट्यो (सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

गाडी भाडा घट्यो (सूचिसहित)



काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ । आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

यातायातको घटाएको भाडादर सोमबारदेखि नै लागू हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार १३:२७