भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमनलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुुसार पेट्रोलको मुल्य लिटरमा ३४ पैसाले घटेर आएको हो ।

आईओसीले डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँले बढाएर पठाएको छ। आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। उसले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा मूल्य समायोजन गरेर पठाउने गरेको छ।

हाल काठमाण्डौ उपत्यकामा प्रतिलिटर पेट्रोलको १६७.५० रुपैयाँ, डिजेल र मट्टीतेलको १४७.५० रुपैयाँ तोकिएको छ। आईओसीबाट हिजो प्राप्त नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ५० करोड रुपैयाँ नाफा हुनेछ।

यसैबीच निगमले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। जसअनुसार भारतबाट आउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य तोक्नेछ।

निगमका अनुसार भारतबाट घटेर आएमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा पनि स्वतः घट्छ। यसको अर्थ अब पेट्रोलको भाउ घट्ने र डिजेलको मुल्य बढ्न सक्नेछन्।

प्रकाशित : ३१ असार २०८०, आईतवार १३:०७