कर असुल्ने सरकारको नीतिगत निर्णयविरुद्ध अदालत जाने तयारीमा बैंकर्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर असुल्ने सरकारको नीतिगत निर्णयविरुद्ध अदालत जाने तयारीमा बैंकर्स



काठमाडाैं । नेपाल बैंकर्स संघले ‘फर्दर पब्लिक अफरिङ’ (एफपिओ), प्रिमियम मूल्यमा आइपिओ, मर्ज तथा एक्विजिसनमा कर असुल्ने सरकारको पछिल्लो नीतिगत निर्णयविरुद्ध अदालत जाने बिषयलाई छलफलको एजेन्डा बनाएको छ ।

अर्थमन्त्रीसंग पटक पटक पहल गर्दा पनि सुनवाइ नहुने अवस्था देखिएका कारण अदालतमा जाने निश्कर्षमा पुगेको संघका एक पदाधिकारीले जानकारी दिए ।

संघमा अदालत जाने बिषयले प्रवेश पाएको र आगामी बैठकले निर्णय गरेर अगाडी बढाउने सहमती भएको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाले एफपिओ र मर्जरमा कर लगाउने सरकारको पछिल्लो निर्णयको विरोध गर्दै आएका थिए।

प्रकाशित : २८ असार २०८०, बिहीबार १५:४२