एमालेले माग्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

एमालेले माग्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेको छ ।

राष्ट्रियसभा बैठक अवरूद्व गर्दै एमालेले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै राजीनामा माग गरेको हो ।

दिउँसो साढे २ बजे बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बोल्दै प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं,’ उनले भने ।

प्रकाशित : २० असार २०८०, बुधबार १५:२३ 5 July, 2023 3:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।