एक साथ ५ कम्पनीले पाए सेयर निष्काशन अनुमति, कुन कुनले पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

एक साथ ५ कम्पनीले पाए सेयर निष्काशन अनुमति, कुन कुनले पाए ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक साथ ५ वटा कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले असर १६ देखि असार १९ गतेसम्म गरेर ५ वटा कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको हो ।

बोर्डले हाथवे इन्भेष्टमेन्ट लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर लिमिटेड, सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको हो ।

हाथवे इन्भेष्टमेन्टको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ रहेकोले कम्पनीले ५० रुपैयाँ मै आईपिओ निष्काशन गर्न लागेको हो । त्यस्तै मिड सोलु हाइड्रोले प्रति कित्ता १ सय रुपैयाँमा सेयर निष्काशन गर्ने छ ।

बाँकी ३ कम्पनीले भने प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने छन् । जस अनुसार मान्डु हाइड्रोले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । त्यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । सिटिजन लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । सन् नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले कर्मचारीलाई भने १०० रुपैयाँ मै सेयर जारी गर्ने छन् ।

प्रकाशित : १९ असार २०८०, मंगलवार १३:१८