निर्जीवन बीमा कम्पनीद्वारा ३६ अर्ब १९ करोडको बीमाशुल्क संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीद्वारा ३६ अर्ब १९ करोडको बीमाशुल्क संकलन



काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैंया कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणकाे तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २५ लाख ३७ हजार वटा बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन्

निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा मात्रै एक लाख ९१ हजार २२६ वटा बीमालेख बिक्री गरी ३ अर्ब ५० करोड ९२ लाख रुपैंया बराबरको बीमाश्ल्क आर्जन गरेका हुन् ।

जेठसम्ममा निर्जीबन बीमा कम्पनीमध्ये कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठसम्ममा २ लाख ४२ हजार ११९ वटा बीमालेखबाट सबैभन्दा धेरै ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कुल बीमाशुल्क आर्जनमा शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । गत फागुन २९ गतेदेखि एकीकृत कारोबार थालेको सगरमाथा लुम्बिनीले यस अवधिमा ३ लाख ५ हजार ६३३ वटा बीमालेख बिक्री गरी ४ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ३ लाख १३ हजार ६०२ वटा बीमालेखबाट ४ अर्ब १ करोड ७४ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ६ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सिलयले ३ अर्ब १ करोड रुपैयाँ, नेकोले २ अर्ब ६६ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ९० करोड ७५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलवार १२:२८