बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौँ वार्षिकोत्सवका अवसरमा स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।

यस छुट अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु। १५० सम्म अतिरिक्त छुट प्राप्त गर्नेछन्।

यो योजना असार १६ गतेदेखि साउन १५ गतेसम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले रु. ५०० सम्म छुट लिन सक्नेछन्। स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मोबैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (एचआई–एमबी), एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आईक्यास, पेवेल, यान क्यासका साथै विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित : १७ असार २०८०, आइतबार १५:०२ 2 July, 2023 3:02 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।