भारतबाट घटेर आयो पेट्रोल र ग्यासको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको मुल्य



काठमाडौं । भारतबाट पेट्रोल र ग्यासको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य घटेर आएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७ पैसा र प्रतिसिलिन्डर एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ। आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार डिजेटल, मट्टीतेल र हवाई इन्धनको मुल्य भने बढेर आएको छ।

निगमका अनुसार प्रतिलिटर डिजेलमा २.१६ रुपैयाँ, मट्टीतेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ। हाल कायम मूल्यलाई यथावतै राखेमा नेपाल आयल निगमलाई पाक्षिक (१५ दिन) १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने घटबढका आधारमा भाउ समायोजन गर्दै आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ।

प्रकाशित : १७ असार २०८०, आईतवार १४:१३