कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ११८ शाखाबाट नेपालमा पैसा पठाउन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ११८ शाखाबाट नेपालमा पैसा पठाउन सकिने



काठमाडौं । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै विशिष्ट डिजिटल रेमिट्यान्स कम्पनीका रुपमा आफूलाई उभ्याउन सफल इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज वीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मियालगायत सहरमा रहेका ११८ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाइ जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन्। यसका साथै नेपालभरि रहेका इसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाका साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु। ७७ बोनससमेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘अल मुजैनी एक्सचेन्जजस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ। कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीको बसोबास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुनेमा हामीलाई विश्वास छ।’

अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन्। जसले आफ्ना मूल्यवान ग्राहकलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन्।

इसेवा मनी ट्रान्स्फरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रकाशित : १४ असार २०८०, बिहीबार १३:१५