जीवन बीमा कम्पनीले गरे एक खर्ब २४ अर्ब बीमा शुल्क संकलन, कुन कम्पनीकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीले गरे एक खर्ब २४ अर्ब बीमा शुल्क संकलन, कुन कम्पनीकाे कति ?



काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । जेठ मसान्तसम्म १५ वटा जीवन बिमा कम्पनीहरुले १ करोड ४० लाख ६९ वटा बीमालेखबाट उक्त रकम संकलन गरका हुन् ।

बिमा प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिसम्म नवीकरण शुल्कबाट भने ९८ अर्ब ५९ करोड रुपैयाँ उठेको छ भने प्रथम बीमाशुल्कबापत २५ अर्ब ९५ करोड रुपैयाँ उठेको छ। जेठमा मात्र कम्पनीहरुले ८ लाख ४५ हजार वटा बीमालेखबाट १० अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। प्रथम बीमा शुल्कबाट २ अर्ब ६२ करोड रुपैयाँ संकलन हुदाँ नवीकरण शुल्कबाट ७ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्यांकमा छ।

जेठसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ। उक्त कम्पनीले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। बीमा शुल्क बढी आर्जन गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा एलआइसी नेपाल छ। कम्पनीले १५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ। मर्जरमा गएका कम्पनीहरुमध्ये सूर्यज्योति लाइफको बीमाशुल्क धेरै छ। उक्त कम्पनीले ७ अर्ब ४९ करोड बीमाशुल्क संकलन गरेको छ। एसियन लाइफले ६ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८६ करोड, सिटिजन लाइफले ४ अर्ब ८३ करोड, मेट लाइफले ४ अर्ब ७७ करोड, आईएमई ३ अर्ब ५६ करोड, सन नेपाल लाइफ ३ अर्ब ४२ करोड, रिलायबल नेपाल ३ अर्ब २८ करोड, प्रभु लाइफ एक अर्ब ८४ करोड र महालक्ष्मी लाइफले एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ।

प्रकाशित : १२ असार २०८०, मंगलवार १४:४४