प्रभु लाइफद्धारा १० दिनमै मृत्यु दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु लाइफद्धारा १० दिनमै मृत्यु दाबी भुक्तानी



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको १० दिनमै बीमा दावी भुक्तानी गरेको हो ।

२०७९ जेठ २७ गते यस कम्पनीमा बीमा गराएकी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका वडा नं. ३ निवासी तेतरी देवी मालीले बीमा वापत एक किस्ता जम्मा गरेकी थिइन् भने वर्ष दिन नपुग्दै उ उनकाे उपचारको क्रममा यही चैत २६ गते अकालमा मृत्यु हुन पुगेको थियो । मृत्यु पश्चात निजको श्रीमान् सहित परिवारलाई एक कार्यक्रमका बीच कम्पनीले दाबी भुक्तानी दिएको हो ।

कार्यक्रममा उपस्थिति सुस्ता गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष हरिलाल दुषादले जीवन संकटमा पर्न आउँदा आर्थिक प्रभावलाई न्यूनिकरण गर्ने एक उचित विकल्प जीवन बीमा रहेकोे बताए। साथै जीवन बीमा कम्पनीहरुले यसरी छिटो छरितो रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति नै विश्वास बढ्ने र आम जनता जीवन बीमा आकर्षित हुने कुरा बताए । कार्यक्रम कम्पनीको भुमही शाखा प्रमुख संगीता सिंजाली, एजेन्सी म्यानेजर सचिदानन्द माली लगायत स्थानीयको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

प्रकाशित : ६ असार २०८०, बुधबार ०८:१७