नेपाल बीमक संघको नेतृत्वमा सर्वसहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बीमक संघको नेतृत्वमा सर्वसहमति



काठमाडौं २८ माघ । नेपाल बीमक संघको नेतृत्व सर्वसहमतिमा चयन भएको छ । अध्यक्षमा विजयबहादुर शाह पुनः निर्वाचित भएका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको उपाध्यक्ष प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत  विके महर्जन, महासचिव एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठ, कोषाध्यक्ष सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैद्यबार  भएका छन् ।

कार्यसमिति सदस्यहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकीकुँवर क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान चुनिएका छन् ।

जीवन बीमा कम्पनीको तर्फबाट एक जना उपाध्यक्ष र दुई जना सदस्य भने टुंगो लाग्न बाँकी छ ।  विधानअनुसार संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । नयाँ नेतृत्वकोबारे औपचारिक घोषणा आज शुक्रबार साँझ मात्र हुने बताइएको छ ।

प्रकाशित : 10 February, 2017 11:04 am