काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह (बालेन)संग स्पष्टिकरण मागेको छ । क्यानले सिनामंगलमा बनाएको नयाँ भवनको नक्सा पास नरहेको भन्दै महानगरपालिकाले अवरोध गरेपछि शाहसँग स्पष्टिकरण माग गरेको हो।
प्राधिकरणले पौने २ अर्ब रुपैयाँको लागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै नयाँ भवन निर्माण गरिरहेको छ ।महानगरले निर्माण स्थलमा अवरोध गरेको भन्दै क्यानले ७ दिनभित्र लिखित स्पष्टिकरण बुझाउन महानगरका मेयर शाहलाई अल्टिमेटम दिएको हो ।
स्पष्टीकरण पत्र:
Comment