भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको हो ।

आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । यो पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने निगमले जनाएको छ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

प्रकाशित : १ असार २०८०, शुक्रबार १५:३७