अब बीमा प्राधिकरणका भुक्तानी अनलाइनबाटै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब बीमा प्राधिकरणका भुक्तानी अनलाइनबाटै



काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमा नेपाल बीमा प्राधिकरण आवद्ध भएको छ ।यससँगै अब डिजिटल माध्यमबाट बीमा प्राधिकरणका भुक्तानी गर्न सकिने छ ।

यसका लागि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) सँग जोडी विभिन्न भुक्तानीहरु मध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिने छ ।

बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको सहकार्यले थप टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने नियामक निकायको रुपमा रहेको नेपाल बीमा प्राधिकरणले सधैँ सेवाको प्रभावकारिता बढाउन डिजिटल माध्यमको प्रयोगलाई जोड दिंदै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलवार १४:४६