२०० सिसिको मोटरसाइकलको अन्तशुल्क २००० सिसिका कारकै बराबर थियो, त्यसैलाई समायोजन गरियो: अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

२०० सिसिको मोटरसाइकलको अन्तशुल्क २००० सिसिका कारकै बराबर थियो, त्यसैलाई समायोजन गरियो: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तशुल्क र २००० सिसिका कारको अन्तशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताए । बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तशुल्क दर र्‍यास्नलाइज गरिएको बताएका हुन् ।

‘आर्थिक वर्ष २०७७/७८ मा २०० सि सि भन्दा बढि क्षमताका ३ अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाईकल पैठारी भई ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख सम्म ६२ करोड मूल्यका ३ हजार ६४८ थान मात्र पैठारी भई सो बाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ।’ उनले भने ‘गत वर्षको तुलनामा संख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व संकलनमा करिब ४९० प्रतिशतले कमि आएको देखियो।’

‘गत आर्थिक वर्षमा २०० सि सि भन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्तस्शुल्क मात्र बढेको र अन्त:शुल्क दर २००० सिसि सम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढि रहेको देखिएकोले आमनागरिकको आवश्यकताको साधन मोटरसाईकलको अन्तस्शुल्क दर अन्य सवारी साधनको महसुल दरको तुलनामा Rationalized गर्न दर समायोजन गरिएको हो।’डा. महतले भने ।

त्यस्तै २०० सिसि देखि ४०० सिसिका मोटरसाईकलको समूह भित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाईकल मात्र नपरि १ दर्जन भन्दा बढी कम्पनीले आयात गर्ने १ दर्जन भन्दा बढि ब्राण्डका करिब ३ दर्जन मोडलका मोटरसाईकल पर्ने पनि उनले बताए ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार १५:३२