एमजी जेडएस ईभी (डिलक्स)का लागि बुकिङ खुला, यस्ता छन् फिचर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

एमजी जेडएस ईभी (डिलक्स)का लागि बुकिङ खुला, यस्ता छन् फिचर




काठमाडौं । एमजी भेइकलका लागि नेपालका एकमात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयूभी एमजी जेडएस ईभी (डिलक्स)को प्रि–बुकिङ खुला गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाट देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्याधिक कर वृद्धि भए पनि एमजीको यस मोडलको गाडीको मूल्य जम्मा रु. ५२.९९ लाखमात्र तोकिएको छ।

बजेट भाषण अगाडि यस गाडीको मूल्य रु. ५२.४९ लाख रहेको थियो। विश्वमा चर्चित एमजी ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाई एउटा अब्बल ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजीले आफूलाई नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको छ।

कोभिड पश्चात विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो अत्याधिक बिक्रीका कारणले एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाउन सफल भएको छ। त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि जेडएस ईभी (डिलक्स) मोडलको गाडीको मूल्यमा खासै फरक परेको छैन। प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य रु. ५२.४९ लाख तिर्नुपर्ने जनाएको छ।

नयाँ एमजी जेडएस ईभी (डिलक्स) ९९ मोटर पिक पावरले सुसज्जित छ। जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ र ५१ केडब्ल्यूएच ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर (डब्ल्यूएलटीपी)*को दायरा दिन्छ। जुन ३० मिनेट भित्र ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ। ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ।

सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचर राखिएका छन् भने मनोरञ्जनका लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकरसहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरका लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज प्वइन्टहरु (आउटर रियर सिटहरु), ६०/४० फोल्डिङ रियर सिटहरु, रुफ रेल, पावर–फोल्डिङजस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।

एमजी जेडएस ईभी (डिलक्स) भेरियन्ट ५ रङ विकल्पहरुमा उपलब्ध हुनेछ – डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमन्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार ११:४८