उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरको निर्देशन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन दिएको हो।

असार १ गतेदेखि नयाँ बसपार्कबाहिर रहेका टिकट काउन्टर हटाउन पनि काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ। सूचनामा अनुसार ‘महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध गरिएको जनाइएकाे छ।

‘बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन’, सूचनामा भनिएको छ।

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको सूचनामा उल्लेख छ।

यो सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने सूचनामा स्पष्ट पारिएको छ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार १२:०५ 2 June, 2023 12:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।