सहकारीकर्मीद्वारा सहकारी विभागमा  धर्ना, देखिएनन महासंघका नेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीकर्मीद्वारा सहकारी विभागमा  धर्ना, देखिएनन महासंघका नेता



काठमाडौं । सहकारी क्षेत्रमा देखिएकाे समस्या समाधानकाे माग गर्दै सहकारीकर्मीहरूले संघिय सहकारी विभागमा शान्तिपूर्ण धर्ना दिएका छन् । शुक्रबार कालाे ब्यानर र प्लेकार्ड सहित धर्नामा बसेका हुन ।

अर्थतन्त्रमा आएको चरम मन्दीका कारण बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा देखिएको तरलता समस्याको कारण श्रृजित वर्तमान विषम परिस्थितिमा देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई समाधान गर्न एवं सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका व्यवस्थाहरु यथाशिघ्र कार्यान्वयनका लागि सहकारी अभियानले अघि सारेका १३ बुंदे मागहरु सरकारद्वारा सम्बोधन गर्न गराउनका लागि राष्ट्रिय सहकारी महासंघद्वारा गठित सहकारी समस्या समाधान सहजीकरण कार्यदलको आव्हानमा धर्ना दिएका हुन ।

धर्ना कार्यक्रममा सहकारी अभियानका दाेस्राे तहका नेताहरूमात्र सहभागी छन् । राष्ट्रिय सहकारी महासंघले नेतृत्व गरेकाे आन्दाेलन भनिए पनि महासंघका अध्यक्ष मिनराज कडेल र बरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल भने धर्ना कार्यक्रममा देखिका छैनन्।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार १०:२८