वार्षिक ५० लाख भन्दा माथि आम्दानी गर्ने व्यक्ति र प्रोप्राइटरसीप फर्मलाई लाग्ने आयकरको सीमा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वार्षिक ५० लाख भन्दा माथि आम्दानी गर्ने व्यक्ति र प्रोप्राइटरसीप फर्मलाई लाग्ने आयकरको सीमा बढ्यो



काठमाडौं । सरकारले वार्षिक ५० लाख भन्दा माथि आम्दानी गर्ने व्यक्ति र प्रोप्राइटरसीप फर्मलाई लाग्ने आयकरको सीमा बढाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अब यस्तो आम्दानी हुने व्यक्ति तथा प्रोप्राइटरसीप फर्मले ३९ प्रतिशत आयकर तिर्नुपर्ने बताए ।

यसअघि वार्षिक २० लाख भन्दा माथिको आम्दानी हुने प्राकृतिक व्यक्तिलाई ३६ प्रतिशत आयकरको सीमा रहेको थियो । २० लाख भन्दा तलको सीमा भने चलाइएको छैन ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार २०:३८