कुल पुँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान,कोष स्थापनाका लागि १ अर्ब रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

कुल पुँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान,कोष स्थापनाका लागि १ अर्ब रुपैयाँ



काठमाडौं । सरकारको कुल पुँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविस्कारमा खर्च गर्ने नीति सरकारले लिएको छ । यसका लागि छुट्टै कोष स्थापना गर्न १ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

उक्त कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिने भएको छ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धाान, नवप्रवर्तन र आविस्कार सम्बन्धी कार्यक्रमलाई यसमा आवद्ध गर्दै लगिने अर्थमन्त्रीले बताए । प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहन गरिने पनि उनले बताए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १८:०९