चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.४ प्रतिशत हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.४ प्रतिशत हुने



काठमाडा । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.४ प्रतिशत हुने बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

विश्व अर्थतन्त्रमा देखिएको सिथिलता तथा आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने उनले बताए ।

मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतिलाई सामना गर्न र निजी क्षेत्रको मनोबल बढाउन आगामी बजेटले सम्बोधन गर्ने उनी बताउँछन् । साथै, जनअपेक्षालाई सम्बोधन गर्न सक्ने गरी आगामी बजेट तर्जुमा गरेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको चैत महिनामा मुद्रास्फिती ७=७६ प्रतिशत रहेको उनले बताए । आयातीत वस्तुको मूल्य वृद्धि र अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन हुँदा मुद्रास्फितीमा चाप परेको उनले बताए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १६:४३