हाम्रो बचत तथा ऋण सहकारी संस्थाको नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हाम्रो बचत तथा ऋण सहकारी संस्थाको नयाँ ब्याजदर सार्वजनिक



ललितपुर । लगनखेलमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीमा ब्याजदर घटाएको छ । संस्थाले लगानी गर्दै आएको १६ प्रतिशत ब्याजदरबाट ०.२५ देखि ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो । संस्थाले पछिल्लो ब्याजदर १४.५ देखि १५.७५ प्रतिशतसम्म मात्र कायम गरेको छ ।

संस्थाले जेठ १६ गतेदेखि लगानीमा उक्त ब्याजदर लागु हुनेगरी घटाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । संस्थाको जेठ ५ गतेसम्मको वित्तिय बिवरण अनुसार १६ करोड ५ लाख ८७ हजार ३०० रुपैयाँ सेयर पूँजी तथा १ अर्व ५ करोड ८१ लाख ७१ हजार ७९५ रुपैयाँ कुल बचत रहेको छ ।

त्यसैगरी संस्थामा १ अर्व २९ करोड ६४ लाख ८५ हजार ४६२ रुपैयाँ ऋण लगानी र ११ करोड २६ लाख ७२ हजार ५३५ रुपैयाँ जगेडा कोषमा रहेको छ । संस्थामा २१ करोड ४ लाख १० हजार २२८ अर्थात २० प्रतिशत रलता रहेको जनाइएको छ । संस्थामा ७ हजार १२ जना मध्ये २ हजार ३६९ जना सदस्यले ऋण लिएको जनाइएको छ ।

प्रकाशित : १४ जेष्ठ २०८०, आईतवार १९:०६