जेठ १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

जेठ १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१को बजेट सार्वजनिक गरिँदैछ। अहिले अर्थ मन्त्रालय बजेट ल्याउने तयारीमा जुटेको छ।

बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) आज जेठ ११ गतेदेखि जेठ १६ गतेसम्म बन्द गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट जेठ १६ गतेसम्मका लागि यो प्रणाली बन्द गरिएको हो। यो प्रणाली वार्षिक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको हो।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार २०:३४ 25 May, 2023 8:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।