काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडादर जेठ ३ गतेदेखि लागू हुने गरी घटाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले बुधबार नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले घटेको छ । यसका साथै पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
Comment