डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रूपैयाँ घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रूपैयाँ घट्यो



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलसहित हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखेको छ । अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार ०१:५३